असोज २ । वि.सं.२०७७ साल असोज ०२ गते। शुक्रबार। ईश्वी सन् २०२० सेप्टेम्बर १८ तारिख। नेपाल संवत् ११४०। प्रमादी संवत्सर। दक्षिणायन। शरद ऋतु। श्रीशाके १९४२। अधिक आश्विन शुक्लपक्ष। तिथि–प्रतिपदा,२१ घडी १८ पला,दिउसो ०२ बजेर ४६ मिनेट उप्रान्त द्वितीया। नक्षत्र–उत्तरफाल्गुनी,०९ घडी ०३ पला,बिहान ०९ बजेर २८ मिनेट उप्रान्त हस्त। योग–शुक्ल,४७ घडी ४७ पला,बेलुकी ११ बजेर ४५ मिनेट उप्रान्त ब्रम्ह। करण– बव,दिउसो ०२ बजेर ४६ मिनेट उप्रान्त बालव,रातको ०१ बजेर ३६ मिनेट उप्रान्त कौलव। आनन्दादिमा–शुभ योग। चन्द्रराशि–कन्या।
काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०३ मिनेट। दिनमान ३० घडी ३१ पला। चन्द्रोदय। अधिक मास (मलमास) प्रारम्भ। अपूप दान सुरु। मत्स्यनारायण मेला प्रारम्भ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रतिस्पर्धामा तपार्ईँकै जित हुनेछ भने सहयोगिको साथ पाइने हुनाले नयाँ प्रकृतिको काम गरी मनग्गे धन तथा सम्पति आर्जन गर्न सकिनेछ। पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ। माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ। न्यालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछ। आफन्त तथा मावलीको साथ पाईने हुनाले दैनिकी थप सजह हुनेछ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा भनजस्तो प्रगती नहुदा नतिजा अरुकै पोल्टोमा पर्नेछ। व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुँदा दैनिक कामहरु प्र्रभावित हुनेछन्। माया प्रेममा एक अर्कालाई अविस्वास गर्नाले छुट्टिनु पर्ने अधिक सम्भावना रहेकोछ। मानव निर्मित तथा भौतिक वस्तुको प्रयोग गर्दा सावधान अपनाउनु होला अप्रिय घट्ना घट्न सक्छ। खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धी समस्या आउन सक्छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) घरजग्गा तथा सवारी साधनको व्यापार व्यावसायबाट सन्तोषजनक नाँफा कमाउन सकिनेछ। राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ। बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछाडी परेको भान हुनेछ। छाती सम्वन्धी समस्याले नसताउला भन्न सकिन्न। आमा तथा आमासरहका मानिससँग विवाद हुनेछ। प्रेम प्रशङमा रमाउने चाहने हरुका लागी समय मध्ययम रहेकोछ । तरपनि कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) न्यायिक निर्णय तथा कानुनी फैसलाहरु तपार्ईँकै पक्षमा आउनेछन्। पढाइ लेखाइमा मनजाने हुनाले अरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ। भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ। दाजुभाई तथा आफन्तसँगको सम्वन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेमको डोरो कसिलो भएर जानेछ। आन्तरिक व्यावसायिक यात्राको प्रसस्त सम्भावना रहेकोछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) लामो समय लगाएर गरीएको कामको नतिजा तपार्ईँको पक्षमा नआउने हुनाले मन दुखि हुनेछ। वन्दव्यापारमा सोचेजस्तो आम्दानी नहुन सक्छ। आम्दानीभन्दा खर्च बढ्ने हुनाले आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ। रुपैयापैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटि लगेको तथा लानेहरुले नफर्काउनाले काम गर्न गाह्रो हुनेछ। प्रणय सम्बन्ध चिसिने अधिक सम्भावना रहेकोछ भने आफन्तसँग नै मनमुटाब बढ्नेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ। व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउँन सकिनेछ। तपार्ईँको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन्। माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरी देख्न पाउँदा मन प्रशन्न हुनेछ। सामाजिक काम गरी समाजमा सम्मानित हुनेयोग रहेकोछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाती रहनेछ। व्यापार व्यावसायमा प्रशस्त समय लगानी गर्दापनि आम्दानी थोरै हुनेछ भने विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ। यात्राको अधिक सम्भावना रहेकोछ भने विदेशी सस्था तथा नियोगतिर काम पाउने प्रशस्त सम्भावना रहेकोछ। सामान्य आँखा सम्वन्धी समस्याले सताउन सक्छ ध्यान दिनुहोला।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आम्दानिको तुलनामा खर्च कम हुने हुदा फाइदा हुने क्षेत्र खोजेर लगानी गर्न सकिनेछ। व्यापार तथा शेयर बजारमा गरेको लगानी फस्टाएर जानेछ भने पैत्रिक धन सम्पतीको परिचालनको माध्ययमबाट मनग्गे लाभ लिन सकिनेछ। राजनीतिमा लाग्नेहरुले राज्यबाट विषेश सेवा सुबिधा पाप्त गर्न सक्नेछन्। पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडि बढाउन सकिनेछ भने बित्तिय क्षेत्रसँग सम्बन्धि कामहरुबाट प्रसस्त नाँफा कमाउन सकिनेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा लगानी गरी रोजगारिका अवसरहरु सिर्जना गर्न सकिने तथा आम्दानीका स्रोतहरु फराकिला बनाउन सकिनेछ। नयाँ काम पाउने तथा अनुकूल स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ। पढाइ लेखाइमा अन्य प्रतिस्पर्धीभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ। नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा पति पत्नी बीच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समुदायको हक हितको निम्ती कामगर्ने अवसर आएपनि असजिला परिस्थिती हरुको सामना गर्नुपर्नेछ। पढाइ लेखाइमा ध्यान नजादा सफलता हात पार्न मुस्किल रहेकोछ। व्यापार व्यावसायमा लगानी गरेपनि भनेजस्तो आम्दानी नहुँदा मन दुखी हुनेछ। माया प्रेममा अविश्वास बढ्नेछ भने जीवन साथीसँग सामान्य मनमुटाव सिर्जना हुनेछ। धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको भएपनि बाटामा असहज परिस्थितिको सामना गर्नुपर्नेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा नाँफा कमाउँन बढिनै संघर्ष गर्नुपर्नेछ। बैक तथा बित्तिय क्षेत्रमा गरीएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ। कामका सवालमा उठ्ने गोप्य कुराहरु बाहीर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ। श्वासप्रश्वास तथा छाती सम्वन्धी समस्याले सताउने हुदा काम गर्न अप्ठ्यारो महशुस हुनेछ। दिदी बहिनीसँग मनमुटाव बढ्ने योग रहेकोछ। सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला,दिन मध्ययम रहेकोछ।
























