काठमाडौं, असोज १ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३८३ पुगेको छ।
पछिल्लो एक सातामा कति जनाले ज्यान गुमाए ?
यसअघि बुधबार (हिजो) कोरोनाका कारण ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो। यसअघि मंगलबार ११ जनाको कोरोनाका कारण ज्यान गएको थियो। त्यसअघि सोमबार एकैदिन १५ जनाको कोरोनाका कारण ज्यान गुमाएका थिए। मन्त्रालयका अनुसार गएको आइतबार भने कोरोनाका कारण ९ जनाले ज्यान गुमाएका थिए। मन्त्रालयका अनुसार यसअघि शनिबार १४ जनाको कोरोनाका कारण ज्यान गएको थियो।
कोरोनाकै कारण गएको शुक्रबार ५ जनाको कोरोनाले मृत्यु भएको थियो भने गत विहीबार १ महिला र ४ पुरुष गरी पाँच जनाले ज्यान गुमाएका थिए।
Facebook Comments


























