चितवन, भदौ २८ । चितवनमा होम क्वारेन्टिनमा बसेकी कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका ५, टाइगर चोककी ८५ वर्षीया महिला छन्। जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार दीर्घरोग रहेकी ती वृद्धाको भदौ ११ गते स्वाब संकलन गरिएकामा भदौ १५ गते कोरोना पोजेटिभ देखिएको थियो।
‘‘उनी क्यान्सरकी बिरामी पनि थिइन्। शरीरमा हेमोग्लोबिनको मात्रा पनि कम थियो । उनलाई कोरोना पोजेटिभ पनि देखियो,’’ प्रमुख तिवारीले भने। उनको आज बिहान ६ बजेको समयमा मृत्यु भएको उनले जानकारी दिए।
Facebook Comments


























