चितवन, भदौ २८ । चितवनमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पतालको कोभिड-१९ ल्यावमा गरिएको परीक्षणमा ७ जना र चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा २४ जनामा गरी ३१ जनामा संक्रमण पुष्टि भएको हो।
शनिबार राति सार्वजनिक गरिएको विवरणअनुसार चितवनका १५ जनासहित ३१ जनामा संक्रमण पुष्टि भएको हो।
भरतपुर अस्पतालको ल्यावमा गरिएको परीक्षणमा भरतपुरका २ महिला र २ पुरूषमा संक्रमण पुष्टि भएको हो। यस्तै सुर्खेत र रौतहटका २ महिला तथा धनुषाका एक पुरूषमा पनि संक्रमण पुष्टि भएको ल्यावकी प्रमुख डा।नीतु अधिकारीले जानकारी दिइन्।
यस्तै चितवन मेडिकल कलजेको ल्यावमा भएको परीक्षणमा भरतपुरका ५ पुरूष र ४ महिला तथा रत्ननगरका २ महिलामा संक्रमण पुष्टि भएको छ।
यस्तै नवलपुर गैँडाकोटका ३ महिला र ३ पुरूष, हुप्सकोट र मध्यविन्दुका एकरएक जना महिला र पुरूषमा पनि संक्रमण पुष्टि भएको छ।
यस्तै बाँके, काठमाडौँ, रुपन्देही, तनहुँ र लमजुङका एकरएक जना गरी अरू ५ जनामा पनि संक्रमण भएको चितवन मेडिकल कलेजले जारी गरेको सूचनामा उल्लेख छ।


























