काठमाडौं, भदौ २६ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमार्फत ५ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३२२ पुगेको छ।
बिहीबार १ महिला र ४ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो। त्यस्तै बुधबार ६ जना संक्रमितले ज्यान गुमाएका थिए।
Facebook Comments


























