काठमाडौं, भदौ २१ । रातो मछिन्द्रनाथको रथ १६४ जनाले तानिरहेका छन्। यसअघि बिहीबार रथ तान्ने क्रममा विवाद भएको थियो।
ललितपुरस्थित पुल्चोकमा हुने कार्यक्रमका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार १६४ जनाले रथ तान्नेछन्। पुजारी, बाजा बजाउने समूह,स्वयंसेवकलगायत गरेर चार सयको हाराहारीमा मात्रै रथयात्रामा सहभागी छन्।
सुरक्षा व्यवस्था कडा पारिएको छ भने आसपासको क्षेत्रमा निषेधाज्ञा लागु गरिएको छ।
यसअघि बिहीबार सयौंको संख्याका स्थानीयले रथ तान्दा प्रहरी र सर्वसाधारणबीच झडपसमेत भएको थियो।
Facebook Comments


























