काठमाडौं, भदौ १९ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २७१ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन्।
यसअघि विहीबार थप ६ जनाको मृत्यु भएको थियो। जसमा चितवन र भक्तपुरकी ४० वर्षीया २ जना महिला, तनहुँकी ९२ वर्षीया महिला र रुपन्देहीकी ७७ वर्षकी महिला थिए। त्यसैगरी सिन्धुपाल्चोकका ७७ वर्षका एक पुरुष र रुपन्देहीका ६५ वर्षका पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको थियो।
Facebook Comments


























