काठमाडौं, भदौ १९ । पछिल्लो २४ घण्टामा थप १ हजार ३५४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २५ हजार ५६१ पुगेको छ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २४ हजार २०७ थियो।
मन्त्रालयका अनुसार विहबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २५७ पुगेको थियो।
Facebook Comments


























