काठमाडौं, भदौ १९ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक केही बेरअघि सुरु भएको हो।
बैठकले राष्ट्रिय सभाको रिक्त एक पदका लागि वामदेव गौतमलाई सिफारिस गर्ने सम्भावना छ। उनलाई सो पदका लागि सिफारिस गर्ने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बिहीबारको बैठकले निर्णय गरेको थियो।
त्यस्तै, अर्थमन्त्री युवराज खतिवडाको बिदाइ पनि गरिने बताइएको छ। राष्ट्रिय सभाको सदस्यमा निरन्तरता पाउन नसकेपछि उनको मन्त्री पद यही शनिबारदेखि गुम्दैछ। संविधानमा संघीय संसदको सदस्य नभएको व्यक्तिले मन्त्री पदमा निरन्तरताको लागि ६ महिनाभित्र सदस्य बनिसक्नुपर्ने व्यवस्था गरेको छ।
Facebook Comments


























