चितवन, भदौ १९ । चितवनमा थप १८ जनामा कोरोना भाइरस (कोभिड)१९० संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा चितवनका १७ र रौतहटका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिएकी छिन् ।
संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै १४ जना छन्।
यसैगरि खैरहनी नगरपालिकाका थप ३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै रौतहटका ३३ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको छ । गएराति भरतपुर प्रयोगशालामा कुल ३०२ नमुना परीक्षण गरिएको थियो।
Facebook Comments


























