चितवन, भदौ ११ । नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ। आज बिहान सुख्खा पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो।
आज बिहान ७ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा सुख्खा पहिरो खसेको थियो।
पहिरो पन्छाएरपछि पौने १० बजेटबाट दुईतर्फी रुपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ। पहिरो झरिरहदा तत्काल पहिरो पन्छाउन समस्या भएको थियो।
Facebook Comments


























