चितवन । बुधबार चितवनमा ५ महिने शिशुसहित थप २५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। बुधबार १५९ वटा नमुना परीक्षण हुँदा रत्ननगरका १४, माडीका ९ र भरतपुरका दुईजनामा संक्रमण पुष्टि भएकाे हाे। यसअघि भरतपुरमा संक्रमणकाे दर तीव्र बनेकाेमा बुधबारकाे परीक्षणमा भने जम्मा दुईजनामा मात्रै संक्रमण देखिएकाे छ। साथै तनहुँकाे देवघाटका एकजनामा पनि संक्रमण पुष्टि भएकाे छ।
४३ दिनपछि नयाँ संक्रमित
अन्तिमपटक गत असार ३० गते संक्रमण देखिएकाे माडीमा बुधबारकाे परीक्षणबाट ९ जना संक्रमित थपिएका छन्। करिब एक महिनादेखि नयाँ संक्रमित नभेटिएकाे माडीमा बुधबार एकैदिन ९ जनामा संक्रमण पुष्टि भएकाे हाे। ५ महिने शिशुदेखि ६० वर्ष उमेरसम्ममा मािनसहरुमा संक्रमण पुष्ट५ि भएकाे भरतपुर अस्पतालले जनाएकाे छ। ९ जना संक्रमित थपिएपछि माडीमा संक्रमितकाे संख्या ५० पुगेकाे छ। तर माडीमा हालसम्म संक्रमण देखिएका सबै क्वारेन्टाइनमा रहेकाहरु हुन्।


























