काठमाडौं, भदौ ८ । नेपालमा सोमबार थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन्।
यसअघि आइतबार झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ महिला र सर्लाहीकी ३३ वर्षीय महिलाको कोरोनाले मृत्यु भएको थियो।
Facebook Comments


























