चितवन, भदौ ५ । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञाको समय थप गरेको छ।
कोरोना भाइरस संक्रमणको जोखिम कम नभएकोले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै एक हप्ताको लागि फेरि थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
पहिलो चरणमा भरतपुर महानगरपालिकाभित्र मात्रै निषेधाज्ञा जारी गर्ने निर्णय भए पनि त्यसपछि अन्य स्थानीय पालिकाले पनि भदौ ५ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो। शुक्रबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले फेरि एक हप्ता थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए।
छिमेकी जिल्ला नवलपुरको गैँडाकोट नगरपालिका र तनहुँको देवघाट गाउँपालिकामा पनि निषेधाज्ञा जारी छ।

Facebook Comments


























