चितवन, साउन २५ । विश्वभर १ करोड ९८ लाख ११ हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ९८ लाख ११ हजार ७ सय १७ जना पुगेको छ।
यस्तै, आईतबार दिउसो १ बजेर २५ मिनेट सम्म सात लाख २९ हजार ६ सय ६१ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ भने १ करोड २७ लाख २६ हजार १ सय ५६ जना कोरोना मुक्त भइसकेका छन्।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ।
Facebook Comments


























