पर्सा, साउन २४ । वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगञ्ज ३ छप्कैयाका ७४ वर्षीय एक पुरुषको उपचारको क्रममा मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७१ पुगेको छ।
स्वास्थ्यमा समस्या भएपछि शुक्रबार बिहान १ बजे उनलाई नारायणी कोभिड अस्पतालमा भर्ना गरिएको थियो। भर्ना भएको केही समयमै उनको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.मदन उपाध्यायले बताए।
उनको शनिबार बिहानमात्र कोरोना पुष्टि भएको उनले जानकारी दिए। उनका अनुसार ती व्यक्ति मधुमेह र रक्तचापका बिरामी थिए।
पर्सामा उनी सहित ५५ जनामा कोरोना संक्रमण भेटिएको छ। नारायणी अस्पतालमा गरिएको परीक्षणमा ८ महिला र ४७ पुरुष सहित ५५ जनामा कोरोना पुष्टि भएको हो।
Facebook Comments


























