साउन २४ । आपलाई कतिले डिजर्ट बनाएर खान्छन्, कतिले भातसँग त कतिले त्यसै पनि खान्छन्। सिजनको फल जसरी खाएपनि हुन्छ तर भनिन्छ नि धेरै खाएमा अमृत पनि बिष हुन्छ, चिनी पनि तीतो हुन्छ। ठिक यसैगरी आँप पनि धेरै खानु प्रत्युत्पादक हुनसक्छ। मिठो र मौसमी फल भन्दैमा आँखा चिम्लेर जति पायो त्यती खानु हुँदैन।
मौसम अनुकुल फलफूल सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक मानिन्छ। हामी बजारमा देखिने बेमौसमी खानेकुरामा आकर्षित हुन्छौं, जो त्यती स्वस्थ्यवर्द्धक मानिदैन।
यतिबेला बजारमा आँप आइसकेको छ। आँप खाने सिजन नै हो यो। आँप स्वादिलो त हुन्छ नै यसबाट शरीरलाई आवश्यक पोषक तत्व पनि मिल्छ। जस्तो कि, भिटामिन ए, बिटामिन बि।
आँपबाट के के हुन्छ त ?
पाचन पक्रियामा असर
कुनैपनि खानेकुरा धेरै मात्रामा सेवन गर्दा त्यसले पेटलाई बोझिलो बनाउँछ। पचाउन गाह्रो हुन्छ। ठिक यसैगरी आँप पनि धेरै सेवन गरियो भने पाचन प्रणालीमा असर गर्छ। पेट खराब हुन्छ। साथै आँप अधिक मात्रामा सेवन गरियो भने शरीरको तापमान बढ्न सक्छ।
तौल बढ्न सक्छ
एक मध्यम आकारको आँपमा एक सय ३५ क्यालोरी पाइन्छ। यसले तपाईंको तौल बढाउन योगदान दिन्छ। यदि तौल नियन्त्रण गर्नुपर्ने अवस्था छ वा तौल नियन्त्रण गर्दै हुनुहुन्छ भने, आँपको मात्रा नियन्त्रण गर्नैपर्छ। यद्यपी वर्कआउट गर्नुहुन्छ र सन्तुलित मात्रामा आँप सेवन गर्नुहुन्छ भने, कुनै समस्या छैन।
ब्लड सुगर लेभल बढ्छ
आँपमा चिनीको मात्रा धेरै हुन्छ। जब हामी अत्याधिक आँप खान्छौं, शरीरमा ब्लड सुगर लेभल स्वत बढ्न पुग्छ। यसको सोझो असर त उसलाई बढी हुन्छ, जसलाई मधुमेहले सताएको छ।
सफाईमा ध्यान
आँपको टुप्पोमा एक किसिमको तरल पदार्थ हुन्छ। त्यसलाई राम्ररी पखालेर मात्र आँप खानुपर्छ। यदि त्यसलाई पखालिएन भने गला वा ओंठमा समस्या आउन सक्छ। आँपले एलर्जी पनि आउन सक्छ।
कसरी सेवन गर्ने ?
अक्सर हामी पाकेको वा पहेंलो र रहरलाग्दो आँप खरिद गर्छौ। तर, आँप पकाउनका लागि त्यसमा क्याल्शियम कार्बाइड मिलाइन्छ। यस केमिकलले स्वास्थ्यमा असर गर्छ। त्यसैले सकेसम्म बजारमा काँचो आँप किनेर घरमै पकाउन सकिन्छ। बजारबाट आँप खरिद गरेपछि त्यसको एकतिरको टुप्पोमा थोरै काटेर पानीमा डुबाउनु पर्छ।
























