काठमाडौं, साउन २३ । पछिल्लो २४ घण्टामा थप ४२५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १५ हजार ८१४ पुगेको छ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
विहीबारसम्म निको हुनेको संख्या १५ हजार ३८९ थियो ।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७० पुगेको छ।
हालसम्म ६ हजार ३ सय ३० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।
भारतीय सीमा क्षेत्रमा कोरोनाको संक्रमण फैलिएको हुँदा साबधानी अपनाउन मन्त्रालयले अनुरोध गरेको छ। काठमाडौं उपत्यका लगायत घना बस्ती भएका क्षेत्रमा जनस्वास्थ्यका मापदण्ड पूरा गर्न मन्त्रालयले अनुरोध गरेको छ।
Facebook Comments


























