काठमाडौं, साउन २२ । पछिल्लो २४ घण्टामा थप २३३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १५ हजार ३८९ पुगेको छ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
बुधबारसम्म १५ हजार १५६ जनाले कोरोना जितेका थिए।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६५ पुगेको छ।
काठमाडौंमा कोरोनाको संक्रमण बढेको हुँदा बैठक, गोष्टि बन्द गर्न मन्त्रालयले अपिल गरेको छ। सीमा क्षेत्रमा पनि संक्रमण दर उच्च रहेको हुँदा साबधानी अपनाउन अनुरोध गरेको छ।
स्बास संकलन गरिसकेपछि अनिवार्य क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ। जनस्वास्थ्यमा मापदण्ड पूरा गर्न पनि सुझाएको छ।
अस्पतालहरुले कर्मचारीलाई सिफ्टमा काम गर्ने वातावरण मिलाउन सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ। रोगको उपचार नहुने हुँदा रोग लाग्न नदिनु नै उत्तम हो।


























