चितवन, साउन २२ । चितवनमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
काठमाडौं जाँदा नागढुंगामा स्वाब दिएका भरतपुर महानगरपालिका–५ तोरीखेतस्थित ओम शान्ति टोलका गाडीका चालक रहेका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
ती पुरुषको घर शिल गरिएको र संक्रमित पुरुषलाई निगरानीमा राखिएको भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखाका केशव भट्टले जानकारी दिए। उनले काठमाडौंबाट रिपोर्ट प्राप्त भएपछि थप प्रक्रिया अघि बढाइने बताए।
Facebook Comments


























