काठमाडौं, साउन २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार १५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएकोमा परीक्षणको दायरा बढाउँदै जाँदा बिहीबार थप २२ जनामा कोरोना देखिएको हो।
कोरोना संक्रमित बढेपछि अख्तियारले पीसीआर परीक्षण गरेर कोरोना संक्रमण नभएको पुष्टिपछि मात्रै कार्यालयमा आउन कर्मचारीहरुलाई आग्रह गरेको छ।
Facebook Comments


























