चितवन । विगत १२ दिनसम्म संक्रमण नदेखिएकाे चितवनमा बुधबार एक जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। संक्रमण देखिनेमा भरतपुर महानगरपालिका वडा नं २ का ७९ बर्षीय बृद्ध रहेकाे भरतपुर अस्पतालले जनाएकाे छ। बुधबार भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा परीक्षण भएका १५२ वटा नमुनामध्ये एक जनामा काेराेना संक्रमण पुष्टि भएकाे प्रयाेगशालाकी प्रमुख डा नीतु अधिकारीले जानकारी दिइन्।
बाँकी १५१ वटा नमुनाकाे रिपाेर्ट भने नेगेटिभ आएकाे उनले बताइन्। गएकाे बैशाख ५ गते पहिलाेपटक काेराेना भाइरसकाे संक्रमण देखिएकाे चितवनमा विगत १२ यता काेराेना संक्रमण शून्य भएकाे थियाे।

Facebook Comments


























