काठमाडौं, साउन २१ । सुनको मूल्य तोलाकै १ लाख रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा १६ सय रुपैयाँले बढेर बुधबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको हो।
सुनको मूल्य मंगलबार ९९ हजार ८ सय रुपैयाँ थियो। यसदिन तेजाबी सुनको मूल्य पनि पनि बढेको छ। तेजावी सुन मंगलबार प्रतितोला ९९ हजार ३ सय ६५ रुपैयाँमा किनबेच भएकामा बुधबार प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्यले तोलाको लाख रुपैयाँ छुँदा चाँदीको मूल्य ६५ रुपैयाँले बढेर प्रतितोला १२ सय ९५ रुपैयाँ पुगेको छ।
सुनको मूल्य पछिल्लो महिनामै १० हजार रुपैयाँले बढेको छ।
Facebook Comments


























