काठमाडौं, साउन ८ । नेपालमा कोरोना भाइरस संक्रमणका विरामी बढिरहेका बेला नेपाल प्रहरीका १ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
विभिन्न जिल्लाका ६ इन्स्पेक्टरसहित १११ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। जसमध्ये ९४ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ। संक्रमितमा ६ इन्स्पेक्टर, ८ सई, ७ असई, ३३ हवल्दार, ५६ प्रहरी जवान र एकजना कार्यालय सहयोगी छन्। संक्रमितमध्ये दुई महिला र १०९ जना पुरुष रहेका छन्।
संक्रमित प्रहरीमध्ये काठमाडौंका ८ जना, भक्तपुरका १, धनकुटाका २, मोरङका २, बाराका ७, धनुषाका १२ , सर्लाहीका २, सिरहाका ३, सप्तरीका ४, रौतहटका ४, महोत्तरीका २, तनहुँका २, नवलपरासीका ५, बागलुङका १, स्याङ्जाका तीन, बाँकेका २, कपिलवस्तुका ६, गुल्मीका १, बर्दियाका २, दाङका २, प्युठानका २, जुम्लाका २, जाजरकोटका १, दैलेखका १४, सुर्खेतका ८, डोल्पाका २, कञ्चनपुरका ४, अछामका २ र बाजुराका ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।


























