वीरगञ्ज, साउन ८ । वीरगञ्जमा गएको मंगलबार मृत्यु भएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
वीरगञ्ज माइस्थानका ७० वर्षे वृद्धको उपचारको क्रममा नारायणी अस्पताल मातहतको कोभिड–१९ अस्थायी अस्पताल गण्डकमा साउन ६ गते निधन भएको थियो।
वृद्धको मृत्यु भएपछि गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको डा.उदय नारायण सिंहले जानकारी दिए। मृत्यु लगत्तै स्वाब संकलन गरी पीसीआर परीक्षण भएकोमा बुधबार राति आएको रिपोर्टमा संक्रमण देखिएको हो।
स्वास स्वासप्रस्वासमा समस्या उनलाई अस्पताल भर्ना गरिएको थियो। मृतक वृद्धको शव अहिले गण्डक अस्पतालमै राखिएको छ। योसँगै नेपालमा कोरोनाले मृत्युु हुनेको संख्या ४३ पुगेको छ।
Facebook Comments


























