काठमाडौं । नेपाल राष्ट्र बैंकले अब आउने एक हजारको नयाँ नोटमा चितवनको हात्तीसारमा जन्मिएको राम लक्ष्मणको चित्र राख्ने भएको छ। केन्द्रीय बैंकले मंगलबार सूचना जारी गर्दै हात्तीको चित्राङ्कित नयाँ नोट निष्कासन गर्ने जनाएको हो। नोटमा साबिकको हात्तीको तस्बिर हटाएर नयाँ हात्तीको तस्बिर राख्न लागिएको हो।
बैंकको सूचनामा भनिएको छ, ‘नोटको मध्यभागमा चितवनको हात्तीसारमा रहेको देवकलीबाट जन्मेका राम लक्ष्मण भनेर चिनिएको दुईवटा हात्तीको फोटो हुनेछ।’ यही साउन ७ गतेदेखि चलनचल्तीमा ल्याइने नोटको बायाँतर्फ सगरमाथाको चित्र रहनेछ। नयाँ नोटमा राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर हुनेछ।
Facebook Comments


























