साउन १ । गर्मी मौसमको सबैभन्दा ठुलो समस्या मध्ये एक हो, लामखुट्टेको टोकाई। यस मौसममा लामखुट्टेहरू बढी सक्रिय हुने भएकाले यसको टोकाईबाट विभिन्न रोग लाग्ने गर्दछ।
लामखुट्टेको भगाउने अनेकौं धूप र लिक्विडहरू नभएका होइनन्। तर यसमा हुने केमिकलले कतिपय अवस्थामा स्वास्थ्यमा असर पार्ने गर्दछ। तसर्थ लामखुट्टे भगाउन केहि घरेलु उपायहरू अपनाउनु उपयुक्त हुनसक्छ।
तुलसी
प्राय हिन्दुहरुको घरै पिच्छे हुने तुलसीलाई भगवानका रुपमा पुज्ने गरिन्छ। तर यहि तुलसी घरआगनमा हुदाँ यसबाट आउने सुगन्धकका कारण लामखुट्टे भाग्ने गर्दछन्।
ल्वाङ र कागती
एक राम्रो कागतीलाई बीचमा काटेर त्यसभित्र ७र८ वटा ल्वाङ राखेर लामखुट्टे हुने कुनाहरुमा राखेमा यसले लामखुट्टे भगाउँछ।
लसुन र ल्वाङ
७र८ वटा ल्वाङ र लसुनका ४र५ वटा टुक्रालाई पिसेर पानीमा उमाल्ने र केहिबेर सेलाउने। त्यसपछि उक्त घोललाई छानेर सफा बोतलमा राखेर लामखुट्टे लाग्ने स्थानमा स्प्रेको रुपमा प्रयोग गर्दा लामखुट्टे भाग्दछन्।
नीम
एन्टीब्याक्टेरियल गुण भएको नीमलाई प्राकृतिक औषधि पनि मानिन्छ। सफा नीमको पातलाई पिसेर बनाइएको लेपलाई छालामा दल्दा लामखुट्टेले टोक्दैन।
























