काठमाडौं । नेपालको इतिहासमा पहिलोपटक दलित समुदायबाट डा मानबहादुर विके सचिवमा बढुवा भएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सह–सचिव डा विकेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। सह–सचिवबाट बढुवा भएसँगै डा विके नेपालको इतिहासमा पहिलोपटक दलित समुदायको नेतृत्व गर्दै नेपाल सरकारको सचिव तहमा नाम लेखाउन सफल भएका छन्।
पाल्पामा जन्मिएका विकेले माइक्रोफाइनान्समा पीएचडी गरेका छन्। अमेरिकाको ब्रान्डाइज युनिभर्सिटीबाट खाद्य सुरक्षामा पोस्ट डक्टरेट गरेका डा विकेले ‘इराडिकेटिङ हङ्गरः रिविल्डिङ फुड रेजिम’ नामक पुस्तकसमेत प्रकाशन गरसिकेका छन्। डा विके खाद्य सुरक्षासम्बन्धी जानकार व्यक्ति हुन्।
Facebook Comments


























