चितवन । भरतपुर २१ शिवनगरका ४१ वर्षिय राजकुमार गुरुङ मृत अवस्थामा भेटिएका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भरतपुरकाे मैयाँदेवी क्याम्पस अगाडिकाे झाडीमा मंगलबार दिउँसाे मृत अवस्थामा भेटिएकाे चितवन प्रहरीले जनाएकाे छ। मृतककाे आफन्त प्रहरीकाे सम्पर्कमा आएपछि मृतककाे सनाखत भएकाे हाे। अहिले उक्त शव पाेष्टमार्टमकाे लागि भरतपुर अस्पतालकाे शवगृहमा राखिएकाे छ।
Facebook Comments


























