भरतपुर । चितवन माविको जग्गामा भेटिएको बेवारिसे शव कुहिइसकेको अवस्थामा रहेकोले पहिचान खुलाउन गाह्रो भएको प्रहरीले जनाएको छ। करिब हप्ता दिनअघि मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। ‘शव गलिसकेको हुँदा पहिचान गर्नै गाह्रो भएको छ,’ उनले भने, ‘शवको प्रकृति हेर्दा कसैले हत्या गरेर फालेको जस्तो देखिन्छ।’ मंगलबार दिउँसो बोरामा पोको पारेर फालेको अवस्थामा एकजना पुरूषको शव भेटिएको थियो।
शब्द/तस्बिर : विनोद अनुज
Facebook Comments


























