चितवन । भरतपुर १० स्थित चितवन माद्यमिक विद्यालयको जग्गामा मैयाँदेवी क्याम्पस अगाडिको खाली ठाउँमा एकजनाको शव फेला परेको छ। बोराले आधा शरीर छोपेको अवस्थामा झाडीमा शव फेला परेको प्रत्यक्षदर्शीले जनाएका छन्।

शवको प्रकृति हेर्दा केही दिनअघिको घटना हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट टोली पठाइएको प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। कसैले हत्या गरेर फालेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। थप अनुसन्धान जारी छ।



तस्बिर : विनोद अनुज/लगातार न्युज
Facebook Comments


























