काठमाडौं, असार २२ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच विषयकेन्द्रित छलफल सुरु भएको छ। पार्टीभित्र गतिरोध गहिँरिँदै जाँदा सोमबार दुई अध्यक्षबीच भएको वार्तामा पहिलोपटक विषयकेन्दित छलफल भएको स्रोतले जनाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको डेढ घण्टा लामो छलफलमा राम्रो कुराकानी भएको र त्यो विषयकेन्द्रित भएको स्रोतले जनायो। ‘विषयमा बल्ल प्रवेश भएको छ, यसअघिका छलफलहरु विरोध र असन्तुष्टि पोखिने खालका थिए, आजको छलफल भने, विषयमा प्रवेश गरेको छ, कुनै सहमति भएको छैन।’ बालुवाटारमा छलफल सकेर प्रचण्ड खुमलटार निवास फर्किएका छन्।
Facebook Comments


























