चितवन, असार २२ । महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये ६५ लाख ३४ हजार ४ सय ५६ जना मानिस निको भएका छन्।
विश्वभर कोरोना भाइरसको अवस्था विश्लेषण गरिरहेको अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयले भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ३६ हजार ७ सय २० जना पुगेको जनाएको छ।
विश्वमा हाल करिब १ करोड १५ लाख ५५ हजार ४ सय १४ मानिस कोरोना संक्रमित भइसकेका छन्। संयुक्तराज्य अमेरिका र ब्राजिलमा कोरोना भाइरसबाट सबैभन्दा बढी मानिस संक्रमित भएको पाइएको छ।
Facebook Comments


























