काठमाडौं, असार १८ । आज आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बस्ने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १२ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए। उनका अनुसार आजको बैठक चालु वर्षे अधिवेशन बन्द गर्ने निर्णय गर्ने बुझिएको छ।
त्यस्तै केही विधेयकहरुका बारेमा समेत छलफल हुन लागेको स्रोतले बताएको छ। गत वैशाख २६ गतेबाट वर्षे अधिवेशन सुरु भएको थियो।
Facebook Comments


























