काठमाडौं, असार १६ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ) मा उपचाररत एकजना शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ।
अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक डाक्टर सन्त कुमार दासका अनुसार ४५ दिनको शिशुमा कोरोना संक्रमण पुष्टि भएको हो।
म्याग्दी घर भएका ती शिशुमा घाँटीमा समस्या देखिएपछि आइसोलेसन वार्डमा नै राखेर सोमबार शल्यक्रिया समेत गरिएको डा.दासले बताए।
‘हाम्रो अस्पतालमा उपचारत ४५ दिनका शिशुमा कोरोना पोजेटिभ आएको छ। दुइ हप्ताअगाडी अस्पतालमा भर्ना भएका थिए,’ डा. दासले भने, ‘शिशुको घाँटीमा समस्या भएर शल्यक्रिया गर्नुपरेपछि कोरोना परीक्षणका लागि नमुना लिइएको थियो। अवस्था जटिल भएपछि हिजो आइसोलेसनमै राखेर शल्यक्रिया गरियो। ती शिशुको आज बिहान कोरोनाको रिपोर्ट पाजेटिभ आयो।”
शिशुलाई अहिले आइसोलेसनमै राखिएको डा दासले जानकारी दिए।
डा.दासका अनुसार टिचिङ अस्पतालमा हाल ५ जना कोरोना पोजेटिभ बिरामीहरु उपचार छन्।


























