चितवन । बुधबार चितवनकाे काेभिड-१९ प्रयाेगशालामा नमुना परीक्षण गरिएकामध्ये पाल्पा जिल्लाका ९३ जनामा एकैचाेटी काेराेना संक्रमण पुष्टि भएकाे छ। पाल्पा जिल्लाबाट आएकाे २३४ वटा नमुनामध्ये ९३ वटामा संक्रमण पुष्टि भएकाे भरतपुर अस्पतालले जनाएकाे छ। पाल्पाबाट आएकाे बाँकी नमुनाकाे रिपाेर्ट भने नेगेटिभ आएकाे अस्पतालका सूचना अधिकारी लीलाधर पाैडेलले जानकारी दिए।
त्यससँगै चितवन जिल्लाभर संकलन भएकाे नमुनाकाे रिपाेर्ट भने सबैकाे नेगेटिभ आएकाे अस्पतालले जनाएकाे छ। बुधबार मात्रै चितवन र पाल्पाका गरी २९७ वटा नमुना परीक्षणका लागि संकलन भएकाे थियाे। बाँकी २०४ वटा नमुनाकाे नतिजा भने नेगेटिभ आएकाे पाैडेलले जानकारी दिए। चितवन जिल्लामा भरतपुर अस्पतालबाट १५, चितवन मेडिकल कलेजबाट ४, पुष्पाञ्जली अस्पतालबाट २, वीपी काेइराला मेमाेरियल क्यान्सर अस्पतालबाट २६ र सिओएमएसबाट १६ वटा नमुना संकलन भएकाे थियाे।


























