सुर्खेत, असार १० । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ।
प्रतिष्ठानमा मंगलबार राति गरिएको पीसीआर परीक्षणमा चार जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले जानकारी दिए।
कोरोना संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीहरु क्वारेन्टाइ र आइसोलेसनमा बसेका नागरिकको रेखदेखमा खटिएका थिए।
स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि आज प्रतिष्ठानमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी र अन्य कर्मचारीको पीसीआर परीक्षण गरिने भएको छ।
यसैबीच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि प्रतिष्ठानले अर्को सूचना जारी नभएसम्म आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको जानकारी दिएको छ।
Facebook Comments


























