काठमाडौं, जेष्ठ ३२ । गुल्मीका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। उनको लुम्बिनी प्रादेशिक अस्तपालको आइसोलेसनमा नै मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।
यो सहित नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ।
Facebook Comments


























