काठमाडौं, जेष्ठ ३२ । कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। समाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाले एक विज्ञप्तिमार्फत कर्णाली प्रदेशमा आज थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो।
सुर्खेत अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरेको परीक्षणमा ५० जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दुई जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
नयाँ थपिएका संक्रमितमध्ये ३७ जना दैलेख र १५ जना सुर्खेतका हुन्। योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ९६७ पुगेको छ।
अहिलेसम्म कर्णाली प्रदेशका ९३ जनाले कोरोना जितेर घर फर्किएका छन् भने ३ जनाले ज्यान गुमाएका छन्।
Facebook Comments


























