काठमाडौं, जेष्ठ ३१ । संसद सरिता गिरीले संसदमा दर्ता गरेको संविधान संशोधन विरुद्दको प्रस्ताव अस्वीकृत भएको छ। संसद सचिवालयले मूल विधेयक मात्रै स्वीकृत गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ।
गिरीलाई उनी आबद्द रहेको जनता समाजवादी पार्टी नेपालले प्रस्ताव फिर्ता गर्न निर्देशनसमेत दिएको थियो। उक्त पार्टीको संसदीय दलको बैठक अहिले जारी छ।
बैठकले प्रस्ताव फिर्ता लिन संसद बैठक अगाडि नै लगाउने र नलिए पार्टी संसदीय दलले विधानअनुसार कारबाही गर्ने जनाएको छ। तर, गिरीले प्रस्ताव फिर्ता गर्न चाहेकी छैनन्। संसद बैठक १ बजे बस्ने छ। बैठकले नेपालको नक्सा र निशान छाप अध्यावधिक गर्न संसदमा सरकारले पेश गरेको संविधान संशोधन विधेयक पारित गर्नेछ।
Facebook Comments


























