काठमाडौं, जेष्ठ २९ । कुबेतमा अलपत्र नेपाली काठमाडौं आइपुगेका छन्। कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका उनीहरुलाई आज नेपाल ल्याइएको हो।
उनीहरु केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन्। अब उनीहरुलाई प्रदेश अनुसार होल्डिङ सेन्टरमा राखिने छ। कुवेत सरकारको पहल र सहयोगमा त्यहाँ अलपत्र नेपालीलाई ल्याइएको हो।
आजको पहिलो उडानबाट १६१ जनालाई नेपाल ल्याइएको छ। कुबेतबाट आजै अरु थप नेपालीलाई ल्याइनेछ। बाँकी नेपालीलाई लिएर आजै २ बजेपछि अर्को जहाज आउने त्रिभुवन विमानस्थलले जनाएको छ। दोस्रो उडानमार्फत १४० जना नेपालीलाई ल्याइनेछ।
यसअघि म्यानमार र यूएईमा रहेका नेपालीलाई स्वदेश फर्काइएको थियो।
Facebook Comments


























