काठमाडौं, जेष्ठ २९ । गर्मीमा के खानुपर्छ र के खानु हुँदैन भन्ने विषयका बारेमा जान्नु आवश्यक हुन्छ। यहाँ हामीहरू त्यस्ता खानेकुराको चर्चा गर्दैछौं जसलाई गर्मीमा नखाएकै राम्रो।
अदुवा
अदुवाले शरीरलाई प्राकृतिक रूपमा तातो राख्छ। यसको नियमित सेवन गर्दा शरीरको तापक्रम बढ्छ। अदुवा स्वास्थ्यका लागि राम्रो हुन्छ तर गर्मीमा अदुवा हदभन्दा बढी खाएमा हानि पुग्छ।
प्याज
तरकारीको स्वाद बढाउन प्याज प्रयोग गरिन्छ। प्याजले पनि शरीरको तापमान बढाउँछ र हर्मोन असन्तुलित बनाउँछ। गर्मीमा प्याज कमै खाएको राम्रो।
लसुन
प्याज जस्तै लसुनले पनि शरीरको हर्मोनलाई असन्तुलन गराउँछ। लसुनले खानाको स्वाद बढाउँछ तर गर्मीमा यसको सेवन जति कम गर्यो, त्यति राम्रो।
सागपात
सागपातमा भरपूर एन्टीअक्सिडेन्ट हुन्छ जसले अनेकौं रोग भगाउँछ। सागपातमा प्रोटीन पनि प्रशस्त हुन्छ। यो ब्रेकडाउन हुँदा शरीरको तापक्रम बढ्छ र शरीरको हर्मोन परिवर्तन हुन थाल्छ।
क्याफिन
चिया र कफी पिउने सोख भएका मानिसलाई गर्मीमा चाहिँ हानी पुग्छ। चियाकफीले शरीरमा गर्मी उत्पन्न गर्छ र हर्मोन परिवर्तन हुन थाल्छ अनि शरीरको तापक्रम बढ्छ। गर्मीमा कोल्ड कफी र आइस्ड टी पिएको राम्रो हुन्छ।
तैलीय खाना
गर्मीमा तेलमा तारेको खानेकुरा नखाएको राम्रो हुन्छ। समोसा, पकौडा, चिप्स खाँदा पाचनसम्बन्धी समस्या हुन्छ। हलुका बिस्कुट खाने गर्नुस्। एजेन्सी
























