पोखरा, जेष्ठ २५ । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आइतबार बिहानको स्वाथ्य निर्देशनालय गण्डकीजारी गरेको विवरण अनुसार स्याङजामा १४, गोरखामा १०, बागलुङमा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्।
स्याङजाको वालिङ नगरपालिकाका २९, ४९, ३४, ५२, ३८, ३१, २५, २७, ४६, ३७, २१, १८ र ३२ वर्षीय पुरुष गरी एकैदिन १३ जना कोरोना भाइरस पुष्टि भएको छ। स्याङजाकै भीरकोट नगरपालिकाका ४५ वर्षीय एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।
त्यस्तै, बागलुङमा थप १० जनामा कोरोना भाइरस पुष्टि भएको छ। बागलुङको बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २९, २६, २९ वर्षका पुरुष छन्। संक्रमितमध्ये एकजनाको उमेर खुल्न नसकेको निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माले जानकारी दिए। बागलुङकै ढोरपाटन नगरपालिकामा पनि थप एक संक्रमित फेला परेका छन्।
गोरखामासमेत एकै दिन १० जनामा कोरोना संक्रमित फेला परेका छन्। गोरखाको गण्डकी नगरपालिकाका २५, ३२, २०, ४३, ३०, २०, २१, २३ र २१ गरी ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। गोरखा जिल्लाकै पालुङटार नगरपालिकाका एक १७ वर्षीय युवकमासमेत कोरोना भाइरस पुष्टि भएको छ।
त्यस्तै, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। हुप्सेकोट गाउँपालिकाका २०, ३५, ४५ र ३५ वर्षीय पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो। यो सँगै गण्डकीमा संक्रमितको संख्या १ सय १३ पुगेको छ।


























