काठमाडौं, जेष्ठ १९ । थप २२६ जनामा कोरोनाको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले नियमित्र पत्रकार सम्मेलनको क्रममा यस्तो जानकारी गराएका हुन्। उनीहरुमध्ये २१३ जना पुरुष र १३ जना महिला रहेका छन्।
आज थपिएका २२६ सहित नेपालमा संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको देवकोटाले जानकारी दिए।
त्यस्तै, आजसम्म कोरोनाको संक्रमण जितेर उपचारपछि अस्पतालबाट घर फर्किनेहरुको संख्या २२१ पुगेको छ।
आज एक जना डिस्चार्ज भएका हुन्। डिस्चार्ज हुनेहरुमध्ये १७३ जना पुरुष र ४८ जना महिला छन्।
Facebook Comments


























