जेष्ठ १९ । खाडी मुलुक यूएईमा कोरोना भाइरसको संक्रमणले १९ नेपालीको मृत्यु भएको छ। त्यस्तै १ हजार ६ सयभन्दा बढी नेपाली संक्रमित भएको एनआरएनएले जनाएको छ।
यूएईले सुरुवाती दिनहरुमा संक्रमित व्यक्तिहरुको राष्ट्रियता खुलाए पनि पछिल्लो दिनहरुमा संक्रमितहरुको संख्या बढ्न थालेपछि राष्ट्रियता खुलाउने गरेको छैन।
तसर्थ अबुधाबीस्थित नेपाली दूतावाससँग यकिन तथ्याङक छैन। यूएईमा हालसम्म ३४ हजार ५ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये २ सय ६४ जनाको मृत्यु भएको छ।
Facebook Comments























