काठमाडौं, जेष्ठ १० । शनिबार थप ६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४ पुगेको छ।
शनिबार अपरान्हको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले ३६ जना कोरोना संक्रमित थपिएको बताए।
यस्तै पत्रकार सम्मेलनअघि बिहान मन्त्रालयले विज्ञप्तिमार्फत ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो।
Facebook Comments


























