काठमाडौं, जेष्ठ ३ । नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या २७८ पुगेको छ।
मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङ डा. विकास देवकोटाले महोत्तरी जिल्लाका ५२ वर्षीय पुरुष र काभ्रे जिल्लाका २६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको जानकारी गराए।
संक्रमितमध्ये पुरुष २२४ जना रहेका छन् भने ५४ जना महिलाहरु रहेका छन्। जसमा ३६ जना निको भएर घर फर्किएका छन्।
मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा आरडिटी विधिबाट ६५ हजार ७ सय ४९ नमुना परीक्षण भएका छन्। पीसीआर विधिबाट भने हालसम्म २६ हजार ६ सय ९१ परीक्षणहरु भएकाछन्।
Facebook Comments


























