काठमाडौं, जेष्ठ १ नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २४५ नै रहेको स्वास्थ्य मन्त्रलायले स्पष्ट पारेको छ।
स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान विज्ञप्ति जारी गरेर कुल संक्रमितको संख्या २४५ नै रहेको जनाएको हो। यसअघि बिहान दुई वटा विज्ञप्ति निकालेर पहिलोमा दुई तथा दोस्रोमा थप पाँचजना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको थियो।
तर बिहान दोस्रो पटक जारी भएको पाँचजना नयाँ संक्रमित भन्ने जानकारी सही नरहेको मन्त्रालयले स्वीकार गरेको छ।
प्राविधि त्रुटिका कारण पुरानो विज्ञप्ति नै पुनः नयाँ मितीमा जारी भएको भन्दै मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले माफी मागेका छन्। अहिलेसम्म बिहीबार थपिएका संक्रमित दुईजना मात्रै रहेको उल्लेख छ।

Facebook Comments


























