काठमाडौं, बैशाख २७ । भारत सरकारले लिपुलेकस्थित नेपाली भूमि हुँदै तिब्बतसम्मको सडक खोलेकोमा नेपाल सरकारले चासो देखाएको छ। शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै महाकाली नदीपूर्वका सबै क्षेत्र नेपालको भएको जनाएको छ। जहाँ लिपुलेक, लिम्पियाधुरा र कालापानी पर्छन्।
१८१६ को सुगौली सन्धि बमोजिम त्यस क्षेत्र नेपालको रहेको भन्दै परराष्ट्र मन्त्रालयले भारत सरकारलाई नेपाली भूमिभित्र भएका गतिविधि रोक्न आग्रह गरेको छ।
‘नेपाली भूमिमा कुनै पनि गतिविधि नगर्न नेपाल सरकार भारत सरकारलाई आग्रह गर्दछ’, शनिबार परराष्ट्रमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। मन्त्रालयले ऐतिहासिक घटनाक्रमलाई जोड्दै उक्त भूमि नेपालको भएकाले त्यस्ता गतिविधि रोक्न आग्रह गरेको हो।

Facebook Comments


























