काठमाडौँ, बैशाख २४ । कोरोना भाइरसको संक्रमण रोकधामका लागि लकडाउन लागु गरिएको लफललकडाउन सम्बन्धी छलफल गर्न मन्त्रीपरिषदको बैठक बुधबार बस्दैछ। बैठकले जारी लकडाउन थप गर्ने निर्णय गर्ने जनाइएको छ। बैठक बिहान ११ बजेपछि बस्ने छ।
यसअघि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको थियो।
उच्चस्तरीय समितिको बैठकले लकडाउन जारी राख्ने निर्णय गरेको भए पनि कति दिन थप्ने भन्ने विषयमा भने बुधबारको मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने छ। समितिले सातदेखि १० दिन लकडाउन थप गर्ने प्रस्ताव गरेको छ।
नेपालमा गएको चैत ११ गतेदेखि लकडाउन जारी छ। चौथोपटक थप भएको लकडाउनको अवधि बिहीबार सकिने छ । सो भन्दा पहिले नै लकडाउन थप्नेबारे निर्णय मन्त्रीपरिषदले गर्न लागेको हो।
भाइरस संक्रमित देशका विभिन्न स्थानमा देखिरहेका बेला र लकडाउन लम्बिरहेका बेला यसलाई कसरी खुकुलो बनाउँदै लैजाने भन्नेमा सरकारले स्पष्ट निर्णय गर्न सकिरहेको छैन।


























